१० श्रावण २०८१, बिहीबार

गौविज्ञान अनुसन्धान केन्द्र बन्यो



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवमा गौविज्ञान अनुसन्धान केन्द्रको निर्माण कार्य पूरा भएको छ । छाडा पशुचौपायाको समस्यालाई दृष्टिगत गरी सो अनुसन्धान केन्द्र निर्माण गरिएको जनाइएको छ ।
सो अनुसन्धान केन्द्रको भोली बुधबार उद्घाटन गरिने केन्द्रका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए । बालसन्त मोहनशरण देवाचार्यको पहलमा अनुसन्धान केन्द्र निर्माण भएको थियो ।
बालसन्त देवाचार्यले सडकमा छाडा छोडिएका गाईगोरुको व्यवस्थापनका लागि सो केन्द्र निर्माणको पहल गरेका थिए ।
भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले छाडा पशुचौपाया व्यवस्थापनलाई प्राथमिकता दिएर पहिलो नगर सभाबाट बजेट विनियोजन गरिएको बताए । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटामा छाडा पशुचौपाया व्यवस्थापनका लागि गौशला निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार