अविरल वर्षाले घर भत्कायो
बाजुरा । बिहीबार राति परेको अबिरल वर्षाले सदरमुकाम मार्तडीमा एक घर भत्किएको छ । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
शुक्रबार बिहान सो घरको सामान ओसार्ने काम नेपाली सेना नेपाल प्रहरी र स्थानीय उद्दार कार्य गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताए । स्थानीय काशीप्रसाद जोशीको घर राति ३ बजेतिर भत्किएको बताएको छ । राति सुतिरहेका बेला घर भत्किए पनि मानवीय क्षेति भने नभएको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । घरको अन्य क्षति विवरण भने आउन सकेको छैन ।
यस्तै, बिहीबार रातिदेखि परेको अबिरल वर्षाले बाजुराको सडक दोस्रो पटक अबरुद्ध भएको छ । पहिरोका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने सााफे मार्तडी सडक खण्ड अबरुद्ध भएको हो । यसअघि असार ११ गते परेको अबिरल वर्षाले सडक अबरुद्ध भएको थियो ।