१० श्रावण २०८१, बिहीबार

युवती मृत फेला



धनगढी । प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लामा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको सोही नगरपालिकाको लालझाडी–मोहना वन क्षेत्रको अम्खैया खोला नजिक मृत अवस्थामा फेला परेकी हुन् ।
कविताका आफन्तका अनुसार उनी छ दिनदेखि परिवारको सम्पर्कमा थिईन्न । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।
खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले आईतबार मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा शव भेटाएको थियो । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको हुन सक्ने बताए ।
उनले घटनाको संलग्नताको आरोपमा आइतबार सा“झनै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार