१० श्रावण २०८१, बिहीबार

अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध



बाजुरा । लगातारको वर्षाका कारण बाजुराको सदमुकाम मार्तडीदेखि साँफेसम्मको सडकका साथै जिल्ला भित्रका थुप्रै ग्रामीण सडक ठाउँठाउँमा विग्रिएका छन् । विभिन्न ठाउँमा पहिरो गएका कारण यातायात अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण सांफे–मार्तडी सडकखण्ड, मार्तडी–कोल्टी सडक, डाव–खप्तड सडक, बल्दे हुँदै आटिचौर, डोगडीदेखि बझाङ जोड्ने सडक, ताप्रिसेरादेखि साविकको ब्रम्हतोला जोड्ने सडक, फालासेनदेखि बुढीगंगा नगरपालिका हुँदै आटिचौर गुदुखाती, खप्तड छेडेदह गाउँपालिका जोड्ने सडक, त्रिवेणी नगरपालिकाका विभिन्न सडक तथा मार्तडी भौनेर हुँदै गौमुल गाउँपालिका जोड्ने सडक अवरुद्ध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार