१० श्रावण २०८१, बिहीबार

दुई युवक मृत अवस्थामा फेला परे



बझाङ । बझाङको दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका वडा नम्बर ५ दुवालीका २२ वर्षीय सुरेन्द्र विक र १७ वर्षीय विमल मिजार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार घरबाट ससुराली जाने भनेर निस्केका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने ठाउँमा बुधबार साँझ मृत अवस्थामा फेला परेको थिए ।
जिल्लाका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार