अध्यक्षमाथि दुव्र्यवहार गर्नेविरुद्ध सार्वजनिक मुद्दा



बझाङ । बझाङको मष्टा गाउँपालिका अध्यक्षलाई कालोमोसो लगाएर दुव्र्यवहार गर्ने व्यक्तिहरू विरद्ध सार्वजनिक मुद्दा चलाइएको छ ।
केही दिनअघि मष्टा गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो लगाएका थिए । प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा विप्लव माओवादीका सात जना कार्यकर्ता विरुद्ध सार्वजनिक मुद्दा चलाएको छ ।
असार १५ गते गाउँपालिका अध्यक्ष कठायतलाई कालोमोसो दलेको आरोपमा प्रहरीले विप्लव माओवादीका कायकर्ताहरू मष्टा गाउँपालिका वडा नम्बर १ विनोद थापा, विकास थापा, सुरज भण्डारी, झरेन्द द्राल, सत्यराज द्राल, राजेश थापा र जयपृथ्वी नगरपालिका वडा नम्बर १ का बाजीलाल शाही विरुद्ध सार्वजनिक मुद्द्रा चलाएको बझाङका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवरले बताए ।
प्रहरीले यस अघि सो घटनामा संलग्न भएको आरोपमा जोकबहादुर कठायत र ज्ञानबहादुर चवानलाई प्रक्राउ गरि सार्वजनिक मुद्दा चलाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्