एनआइसी एसिया बैंकको शाखा विस्तार



पुनर्वास । एनआईसी एसिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ ।
बिहीबार एक कार्यक्रमबीच पुनर्वास नगरपालिका प्रमुख जीवनराज थापाले बैंक शाखाको उद्घाटन गरे ।
एनआइसी एसियाको नेपालभरी दुई सय २६ वटा शाखा कार्यालय रहेका छन् । त्यस्तै, दुई सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्