बालिका बलात्कार गर्ने विरुद्ध मुद्दा दायर



बैतडी । बैतडीमा १३ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मेलौली नगरपालिका वडा नम्बर २ की एक जना १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा ३० वर्षीय काशिराम वड विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काशिरामले घरमा कोही नभएको अवस्थामा बालिकालाई ललाई फकाई यौन शोषण गर्दै आएको बताइन्छ ।
किशोरीले पेट दुख्यो भन्दै उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा आएपछि उनी गर्भवती रहेको पत्ता लागेको थियो ।
पीडित बालिकाको बुबाले जिल्ला प्रहरी कार्यालय बैतडीमा पीडक काशिराम विरुद्ध उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी असार २४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्