पाँच जना बालकको उद्धार



धनगढी । गैरकानुनी रूपमा राखिएका बाजुराका पाँच बालकलाई कैलालीको एक बालगृहबाट उद्धार गरिएको छ । उद्धार गरिएका सबै बालक बाजुराको बुढिगंगा नगरपालिकाका रहेको बताइएको छ ।
महिला तथा बालबालिका कार्यालय बाजुराकी सहायक महिला विकास निरीक्षक बिन्दुकुमारी बडालका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ११ बल्चौरमा रहेको ओम बडिमालिका सनातन धर्म नामक संस्थाबाट ती बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
कैलालीमा बालगृहहरूको अनुगमनका क्रममा ओम बडिमालिका सनातन धर्म नामक संस्थाले नियमकानुन विपरित बालबालिका राखेको पाइएछि महिला तथा बालबालिका कार्यालय कैलालीले उनीहरूको उद्धार गरी बाजुरा जिल्ला बालकल्याण समितिमा बुझाएको थियो ।
पाँचैजना बालकलाई राम्रो शिक्षादिक्षा दिने र लालनपालन गर्ने शर्तमा सो संस्थाले अभिभावकबाट जिम्मा लिई कैलाली ल्याएको कैलाली बाल कल्याण समितिका सदस्य शेरसिंह खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्