अपांगता भएका व्यक्तिहरूलाई सामग्री वितरण



डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडाका अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको छ ।
लुथरन विश्व फेडरेशन र सर्वांगिण अपांगता विकास समाज, धनगढीको सहयोग तथा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चको सहजीकरणमा सोमबार १४ जना अपांगता भएका व्यक्तिलाई सामग्री वितरण गरियो ।
उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चका कार्यक्रम संयोजक कृष्ण उपाध्यायका अनुसार चार जनालाई ह्विल चेयर, तीन जनालाई ट्राई साईकल, पाँच जनालाई सेतो छडी र दुई जनालाई बैसाखी वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्