भालुको पित्तसहित दुई पक्राउ
दार्चुला । प्रहरीले भालुको पित्तसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको कमाण्डमा खटिएको गस्ती टोलीले आठ सय ९३ ग्राम पित्तसहित दुईजानलाई पक्राउ गरेको हो ।
जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ बागाबगडमा पैदल हिडिरहेका व्यास गाउँपालिका ६ का ३६ वर्षिय भानसिंह धामीलाई प्रहरीले शंका लागेपछि जाँच गर्दा उनको साथबाट आठ सय ९३ ग्राम पित्त बरामद गरेको हो ।
यस्तै प्रहरीले हुम्लाको सिमिकोट गाउँपालिका ७ हाल भारतको धारर्चुला बस्ने २६ वर्षका रेकश शाहीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका व्यास गाउँपालिका ६ का भानसिंह धामीलाई सोधपुछ गर्दा भालुको पित्त रेकश शाहीले मगाएको बताएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उरीक्षक नवराज अधिकारीले बताए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय दार्चुला पठाइएको प्रहरी नायव उरीक्षक अधिकारीले बताए ।