ढुंगा लागेर किशोरीको मृत्यु



दार्चुला । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२, देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।
विद्यालय जाने क्रममा सोमबार बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी दिए । मृतक भट्ट सोही वडामै रहेको श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्