१० श्रावण २०८१, बिहीबार

बस दुर्घटनामा १२ घाइते



डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा आइतबार बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
आइतबार डडेल्धुरा सदरमुकामबाट बिहान ९ बजे जोगबुडाका हिँडेको ना ४ ख ४०७७ नम्बरको बस परशुराम नगरपालिका वडा नम्बर १२ तुलाभाडीमा दुर्घटना भएको थियो ।
बस दुर्घटनामा घाइतेहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेले जानकारी दिए । उनका अनुसार घाइते सबैको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार