१२ माघ २०८१, शनिबार

लालझाडीमा सिकलसेल एनिमिया शिविर



धनगढी । कञ्चनपुरको लालझाँडी गाउँपालिका वडा नम्बर ६ तान्देवमा शुक्रबार सिकलसेल एनिमियाको नि:शुल्क शिविर भएको छ । ७ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन भएको शिविरमा छ सय २३ जनाले सेवा लिएका थिए ।
दुई सय दुई पुरुष र चार सय २१ महिलाले सेवा लिएकोमा चार सय जनाको रगत नमुना परीक्षणका लागि धनगढी ल्याइएको जनाइएको छ ।
शिविरको सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री सोडारीले थारू समुदायमा देखिएको सिकसेल एनिमिया निवारणका लागि कैलाली र कञ्चनपुरमा व्यापक जनचेतना अभिबृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले सिकसेल एनिमिया रोग पहिचानका लागि आउँदो आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरणको व्यवस्था गरिने बताए ।
गाउँपालिका अध्यक्ष मदनसेन बडायकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कुलवीर चौधरी, चुनकुमारी चौधरी, लालबहादुर खडका, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार