करेन्ट लागेर चार जनाको मृत्यु



डोटी । विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा डोटीको आदर्श गाउँपालिकाका वडा नम्बर १, चासीमा मंगलबार करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिएको जानकारी अनुसार करेन्ट लागेर आदर्श गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दीपु खड्का र १९ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको छ ।
गाउँमा विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको बताइएको छ । घटनामा सोही गाउँका बमबहादुर खड्का घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्