गाउँपालिका अध्यक्षलाई कालोमोसो दलियो
बझाङ । गाउँपालिकाको बजेटमा भ्रष्टाचार गरेको आरोप लगाउदै बझाङको मष्टा गाउंपालिका अध्यक्ष कर्णबहादुर कठायतलाई शुक्रबार कालोमोसो दलिएको छ ।
गाउपालिकामा संञ्चालन गरिएको तालिम समापन कार्यक्रममा सहभागी अध्यक्ष कठायतलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेको प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कडेलले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए ।
गाउँपालिका अध्यक्ष कठायतले चन्दा नदिएको रिसमा विप्लवका कार्यकर्ताले आफूमाथि दुव्र्यवहार गरेको बताए ।