१० श्रावण २०८१, बिहीबार

दुई जना चोरीसिकारी पक्राउ



डोटी । वन्यजन्तु चोरी शिकार गरेको आरोपमा डोटीको सायल गाउँपालिकाबाट दुई जना पक्राउ गरिएका छन् ।
खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको गस्ति टोलीले निकुञ्ज क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी शिकारमा संलग्न भएको आरोपमा डोटीको सायल गाउँपालिका–३, भल्माका ४८ वर्षीय डम्मर भुल र ५२ वर्षीय लालबहादुर बोगटीलाई पक्राउ गरेको जनाइएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश शाहका अनुसार गस्ती टोली सायल गाउँपालिका वडा नम्बर ३ भल्मामा गएको बेला डम्मरको गोठमा लुकाएर राखेको आलो अवस्थाको रतुवाको छाला, मासु, ढेडु बादरको टाउको, छाला, भालुका नंग्रा लगायतका वस्तु बरामद भएका थिए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको व्यापक चोरीशिकार भइरहेको समाचार प्रकाशन र प्रसारण भएपछि गस्ती टोली सक्रिय भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार