हेपाटाइटिस जस्तो रोग देखापर्‍यो



दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ ।
एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डाक्टर सुरेन्द्रप्रसाद भट्टले बताए ।
उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरूमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतको लक्षण देखिएका छन् ।
चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तथा रोगको निदानलगायतका बारेमा अध्ययन अनुसन्धान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्