३० भाद्र २०८१, आईतवार

एक महिनाको अवधिमा तीन सय बढी गाडी कारवाहीमा



डोटी । डोटीमा एक महिनाको अवधिमा तीन सय १५ वटा सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायव निरीक्षक रूपसिंह थापाका अनुसार ट्राफिक नियम उलंघन गरेका २६ बस, ६३ ट्रक, ५० ट्याक्टर, एक सय १९ जीप तथा ५७ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।
नियम विपरित यातायातका साधन चलाउने, सवारी चालक अनुमतीपत्र नबोक्ने, तथा नभएका र अन्य ट्राफिक नियम उल्लंघन गरेका सवारी साधन कारवाहीमा परेको ट्राफिक प्रहरी नायव निरीक्षक थापाले बताए ।
कारवाहीमा परेका सवारी साधनबाट एक लाख ६४ हजार पाँच सय रुपैयाँ राजस्वसमेत संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले जनाएको छ । पछिल्लो समय डोटीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन जाँचमा कडाई गर्न थालेपछि यति ठूलो संख्यामा सवारी साधन कारवाहीमा पर्न थालेका हुन् ।
त्यस्तै, प्रहरीले झण्डै आधा दर्जनभन्दा बढी सवारी साधनलाई सवारी ऐन अन्तर्गतको मुद्दा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार