पहिरोको जोखिका कारण १६ परिवार विचल्लीमा



दार्चुला । दार्चुलाको मालिकार्जुन गाउापालिका–६ भल्यानीका पहिरो पीडित १६ परिवार पहिरोको उच्च जोखिमका कारण बिचल्लीमा परेका छन् ।
केहि साता पहिले अविरल वर्षाका कारण पहिरोले जमिन धासिएर घर जोखिममा परेका पीडितहरूले राहत एवं स्थानान्तरणको आसमा धेरै दिन बितेपनि राहात नपाएको बताएका छन् ।
पहिरोले घर तथा बस्ती पुरै धसिएका कारण बस्ती नै सार्नुको बिकल्प नभएको मालिकार्जुन ६ का वडाअध्यक्ष गोपालसिंह धामीले बताएका छन् । १२ परिवार दलित र ४ परिवार धामी अर्थात गैरदलितको बसोबास रहेको उक्त बस्ती विपद्को उच्च जोखिमा रहेको कारण जनधनको क्षतिबाट बच्न बर्खा लाग्नु भन्दा पहिला नै जतिसक्दो चाँडो बस्ती सार्नुपर्ने आवश्यकता रहेको धामीको भनाइ छ ।
राहत एवं स्थानान्तरणका लागि जिल्ला विपद् ब्यवस्थापन समिति, रेडक्रस, जिल्ला प्रशासन लगायतलाई जोखिम र समस्याबारे जानकारी गराएको धेरै दिन बितेपनि अहिलेसम्म सहयोग गर्न कोहि नपुगेको उनिहरूको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सहयोगका लागि रेडक्रस भल्यानी जाने तयारीमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताएपनि हालसम्म राहत नपुगेको वडाअध्यक्ष धामीले बताएका छन् । बस्ती पुरै क्षतविक्षत भएको कारण जतिबेलापनि पहिरो जानसक्ने जोखीम रहेको छ ।
रेडक्रसले त्रिपालसम्मको ब्यवस्थापन गरिदिए पनि भौल्यानिकै पल्लोपट्टी बस्ती सार्न सकिने विकल्प रहेको छ । वर्षादको समय अगावै बस्ती नसारे घर मात्रै हैन मानविय क्षति समेत हुनसक्ने उच्च जोखीम रहेको कारण पाल रोकेर भएपनि उनिहरूको बस्ती सार्नुपर्ने धामीले बताएका छन् । प्रदेश र केन्द्र सरकारले समेत बस्ती सार्न सहयोग गर्नुपर्ने उनको माग छ । रेडक्रसबाट एक दुइ दिनमै भोल्यानी बस्तीमा राहतका लागि पुग्ने बताएको कारण पहिरो पीडित स्थानियहरू आसामा बसेको वडाअध्यक्ष धामीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्