१० श्रावण २०८१, बिहीबार

खोलामा डुबेर युवकको मृत्यु



बैतडी । खोलामा डुबेर बैतडीमा शनिबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ गोठलापानीका २५ बर्षीय अशोकमणी भट्ट रहेका बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिएका छन् ।
बिहान बनभोज खान हिडेका युवकको मध्यान्ह १२ बजे दशरथचन्द नगरपालिका ९ नीलगाडमा खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए । खोलामा बेपत्ता भएका युवकलाई दिउँसो साढे २ बजे प्रहरीले मृत फेला पारेका थिए ।
मृतक भट्टको शव परिक्षणका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ । गोठलापानी बजार व्यवस्थापन समितिले आयोजना गरेको वनभोजमा कार्यक्रममा सहभागी भएका भट्ट गर्मी छल्न नुहाउन खोलामा गएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार