खेलाडीहरू बन्द प्रशिक्षणमा
कञ्चनपुर । भलिबल, कवड्डी र कुस्तीका राष्ट्रिय टिमका खेलाडीहरू यतिबेला महेन्द्रनगरमा बन्द प्रशिक्षणमा व्यस्त छन् ।
आगामी भदौं २ गतेदेखि इण्डोनोसियामा हुने १८ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालबाट सहभागी हुने भलिबल, कवड्डी र कुस्तीका खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त रहेका छन् ।
भलिबलका १६ जना खेलाडीहरुलाई राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्टले प्रशिक्षण दिइरहेका छन् । दुई महिना बन्द प्रशिक्षणमा राखेर उत्कृष्ट १२ जनालाई छनौट गरी राष्ट्रिय टिम बनाउने उनले बताए ।
केही सातादेखि महेन्द्रनगरमै कवड्डीको राष्ट्रिय टिम पनि बन्द प्रशिक्षणमा छ । कवड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले दिनरात खेलाडीहरु बन्द प्रशिक्षणमा जुटिरहेको बताए । केही महिना महेन्द्रनगरमै बन्द प्रशिक्षण पश्चात खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणका लागि भारत लैजाने तयारी गरिएको छ ।
१४ जना खेलाडीहरुबाट १२ जना छनोट गरी कबड्डीका लागी पठाईने छ । महेन्द्रनगरमा बन्द प्रशिक्षणका लागी आएको ३ वटा टिमलाई सबै सुविधा उपलब्ध गराएको कञ्चनपुर खेलकुद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले बताए ।