जीप दुर्घटनामा तीनको घटनास्थलमै मृत्यु



डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै तीन जनाकाे मृत्यु भएको छ भने अाठ जना अाइते भएका छन् ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गईरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको र घाईतेको उपचारका लागि २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएकाे छ ।
मृतकको सनाखत हुन नसकेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्