जीप दुर्घटनामा चारको मृत्यु



डोटी । डोटीको बोगटान गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
बोगटान गाउँपालिका वडा नम्बर ६ पलाडी भन्ने ठाउँमा से १ ज ८७७ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दिपायलबाट बोगटानतर्फ गइरहेको शैलेश्वरी यातायातको जीप पलाडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान हुन नसकेको इञ्चार्ज प्रहरी सहायक निरीक्षक नरायण वडूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्