महेन्द्रनगरमा बम बिस्फोटन



कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा आइतबार बिहान बम विस्फोट भएको छ । महेन्द्रनगरस्थित देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको जनाइएको छ ।
भानुपाटी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिएर सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बम विस्फोट हो ।
बम कसले विस्फोट गराएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । विष्फोटबाट निर्माणाधिन भवनको पर्खालमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्