१० श्रावण २०८१, बिहीबार

आङ खस्ने उपचारका लागि शिविर



बझाङ । बझाङको चैनपुरमा शनिबार आङ खस्ने तथा पाठेघरसम्बन्धी समस्याको उपचारका लागि नि:शुल्क स्वास्थ्य शिविर भएको छ ।
शिविरमा एक सय ७० जना महिलाले सेवा पाएका छन् । उपचारका लागि आएकी ४२ वर्षीया सिन्कीदेवी जोशीले १६ वर्षको उमेरमा पहिलो सन्तान जन्मिएको तीन दिनपछि पाठेघर खसेको भए पनि समाजको डर तथा लाजले रोग लुकाएको बताइन् । उनले रोग सहदै पाँच सन्तान जन्माएको बताइन् ।
त्यस्तै, छविसपाथिभेरा वडा नम्बर ७ का कमला विकले पनि गत असोजमा खेतबाट धान बोकेर ल्याउने क्रममा आङ खसेको बताइन् ।
भारत, युएई, डेनमार्क, अमेरिका, कतार, बहराइन, कुवेत, मलेसिया, जापान, कोरियालगायत देशमा काम गर्ने नेपालीले संकलन गरेको रकमबाट नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सुदूरपश्चिमेली समाजका अध्यक्ष धनबहादुर बलायरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार