अन्तर्जातीय विवाह
बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा दलित र गैरदलितबीच सहज रूपमा अन्तर्जातीय विवाह भएको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की २० वर्षीया महेश्वरी रोकाया र वडा नम्बर ११ का २३ वर्षीय जयक्रिन परियारबीच बुधबार चर्चमा विहे भएको छ । उनीहरू दुवैका परिवारले सो विहेका लागि सहमति दिएको जनाइएको छ ।
महेश्वरीले मायाप्रेममा जातभात भन्ने नहुने बताइन् । उनका अनुसार उनकी दिदी पनि एक जना परियारसंग विहे गरेर गएकी छन् ।
चर्चका पाष्टर मदन विकले आफूले चर्चमा विवाह गराउन पाउदा निकै खुसी लागेको बताए ।