ओलीमा नक्कली राष्ट्रवाद देखियो– काँग्रेस प्रवक्ता शर्मा



बझाङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रवाद उदांगिएको आरोप लगाएका छन् ।
नेपाल तरुण दल बझाङले सोमबार चैनपुरमा आयोजना गरेको प्रशिक्षण तथा भेलाको उद्घाटन गर्दै प्रवक्ता शर्माले भने– “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री ओलीका गतिविधि र व्यवहारले उनको नक्कली राष्ट्रवाद उदांगिएको छ ।”
उनले जहानीया राणाशासनदेखि निरंकुश राजसंस्थाको अन्त्य गरेको काँग्रेसका प्रत्येक कार्यकर्ताले कुनै पनि किसिमको नैराश्यता आउन नदिई नयाँ ढंगले जोसका साथ पार्टी संगठन बलिया बनाउन अग्रसर हुन आह्वान गरे ।
उनले नेपाल तरुण दल नेपाली काँग्रेसको लडाकु संगठन भएको चर्चा गरे । उनले तरुणहरूले नै पार्टी नेतृत्वलाई सही मार्गमा डोर्‍याउन अहम् भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्