१० श्रावण २०८१, बिहीबार

प्रहरी ज्यादती विरुद्घ काँग्रेसको आक्रोस



बझाङ । नेपाली काँगेस बझाङले सत्ताको आडमा प्रहरीले न्याय सम्पादन गर्दा पूर्वाग्रही र ज्यादती गरिरहेको आरोप लगाएको छ ।
सदरमुकाम चैनपुरमा बुधबार भएको काँग्रेस भेलामा सत्तारुढ दलहरूले चुनावी प्रतिशोध लिन आफ्ना कार्यकर्तामाथि कुटपिट गर्दा समेत प्रहरी प्रशासन मुकदर्शक भएको आरोप लगाइएको छ ।
भेलापछि बुधबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै नेपाली काँग्रेस, बझाङका सभापति हर्कजंगबहादुर सिंहले प्रहरी प्रशासनले काँग्रेस नेताकार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने गरेको आरोप लगाए ।
जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ मा दुई पक्षबीच झगडा हुँदा सुरुमा आक्रमण गरी झगडाको सुरुवात गर्ने पक्षलाई काँखी च्यापेर प्रहरी प्रशासनले उल्टै पीडित व्यक्तिमाथि झुठा मुद्दा चलाएकोमा आपत्ति जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार