बाल संरक्षणका लागि सचेतना अभियान



बाजुरा । बाजुरामा महिला तथा बालबालिका कार्यालयले त्रिवेणी नगरपालिका, बुढिगंगा नगरपालिका र बडिमालिका नगरपालिकामा बाल संरक्षणका लागि पारिवारिक सचेतना अभियान सञ्चालन गरेको छ ।
जिल्लामा बालविवाह न्यूनीकरण गर्न र बालअधिकारबारे अभिभावकलाई जागरुक बनाउन अभियान सञ्चालन गरिएको महिला तथा बालबालिका कार्यालयका अधिकृत बिन्दु बडालले बताइन् ।
त्रिवेणी नगरपालिका तोलिमा रहेको नवदुर्गा महिला तथा बचत ऋण सहकारी संस्थाका अध्यक्ष पदमा साउँदले गाउँमा बालविवाह तथा बालहिंसाका घटना न्यूनीकरणका लागि पारिवारिक सचेतना कार्यक्रम सञ्चालन गरिएको वताइन् ।
अभियानका क्रममा त्रिवेणी नगरपालिको ४, बुढिगंगा नगरपालिमाको ६ र बडिमालिका नगरपालिकाको वडा नम्बर ४ र ८ मा कार्यक्रम सञ्चालन गरिएको महिला तथा बालबालिका कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्