१० श्रावण २०८१, बिहीबार

व्यापारीले सडकमा फोहोर फालेपछि…



बैतडी । बैतडीको सदरमुकाम गोठालापानीका व्यापारीदे बुधबार सडकमै फोहोर फालेका छन् । बिहान नगरपालिकाले ट्याक्टर नपठाएको भन्दै गोठालापानी बजारका व्यापारीहरूले सडकमै फोहोर फालेका थिए । व्यापारीहरूले सडकमा फोहोर फालेका कारण सदरमुकाम गोठालापानी दुर्गन्धित भएको थियो ।
दुई दिनसम्म नगरपालिकाले फोहर नउठाएको झोंकमा व्यापारीहरूले गोठालापानी चौराहा र बीच सडकमै फोहोर मिल्काएका थिए ।
दशरथचन्द नगरपालिकाले फोहोर उठाउने टिप्पर बिग्रिएकाले भाडामा ट्याक्टर लिएर फोहोर उठाउने काम भइरहे पनि व्यापारीहरूले गैरजिम्मेवारपन देखाएको बताएको छ ।
नगरपालिकालाई जानकारी नगराईकनै बीच सडकमा फोहोर मिल्काउनु गैरजिम्मेवारीपन भएको दशरथचन्द नगरपालिकाका मेयर नेरेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार