विद्यार्थीहरू यार्सा टिप्न लेकतिर
बझाङ । बैशाखको अन्तिम सातादेखि बझाङमा यार्सागुम्बा संकलन शुरु भएको छ । यार्सा टिप्न स्कूले विद्यार्थीहरू पनि लेखतिर गएकाले जिल्लाका अधिकांस विद्यालय बन्द हुन पुगेका छन् ।
दौलिचौरका कलकबहादुर बोहराले यार्सागुम्बा संकलनका लागि बालबालिकादेखि बृद्धबृद्धासम्म लेकतिर जाने गरेकाले विद्यालय बन्द गर्नुपरेको बताए ।
उनका अनुसार यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द हुने गरेको छ ।
यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । समितिले आइतबारदेखि यार्सा संकलन खुला गरेको छ ।