युवकयुवती मृत अवस्थामा फेला परे



डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीको सिलङी भन्ने खोलामा एक युवती र एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीका १७ वर्षीया बिमला ऐर र नवदुर्गा गाउँपालिका वडा नम्बर ४ सिरोडका १७ वर्षीय राजेन्द्र साउँदको शव फेला परेको छ ।
तीन दिनदेखि घरमा नआएपछि दुवैका परिवारले खोजी गर्दै जाँदा बिहीबार दुवैको शव फेला परको स्थानीय प्रशान्त ऐरले बताए ।
उनीहरूले आत्महत्या गरेको आशंका गरिएको छ । स्थानीयका अनुसार शव नजिकै आफ्ना आमाबुबाका नाममा चिठी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्