७ बैशाख २०८२, आईतवार

चरेशसहित दुई जना पक्राउ



बैतडी । लागूऔषध चरेशसहित प्रहरीले बैतडीमा एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडी बस्ने २५ वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने गणेशदत्त भट्ट रहेका छन् ।
भण्डारीलाई शंकाको आधारमा जाँच गर्दा उनको झोलाबाट ५२ ग्राम लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी गणेशदत्त भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत तीन सय ५५ ग्राम चरेश फेला परेको उनले बताए । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार