१० श्रावण २०८१, बिहीबार

तिंकर नाका खोल्न विशेष पहल– मुख्यमन्त्री



दार्चुला । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा बुधबार दार्चुलामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले प्रदेश नम्बर ७ को समृद्धिको ठू्लो आधारका रूपमा तिंकर नाका रहेको बताए ।
उनले भारत र चीनसँग जोडिएको सो नाका सञ्चालनमा ल्याउन सके प्रदेश ७ का सबै जिल्लाको आर्थिक वृद्धिदर बढ्ने बताए । उनले भारत र चीनसँग जोडिएका प्रदेश ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि कानुन निर्माण गरेको बताए । दार्चुलाका नौवटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उनले ती समस्यालाई मध्यनजर गर्दै कानुन निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार