१० श्रावण २०८१, बिहीबार

पहिरोमा एक सवइन्जिनियरको मृत्यु



बझाङ । बझाङको चैनपुर–ताक्लाकोट सडक निर्माणमा खटिएका एक जना सब–इञ्जिनियरको पहिरोमा परेर ज्यान भएको छ ।
तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाउँमा आएको पहिरोले बगाएर सब–इञ्जिनियर नारायण दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नम्बर २ का बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
चन्द्र नागार्जुन बानियाँ जेभी कन्ट्रक्सन प्रालिमा कार्यरत सवइन्जिनियर दाहाल सेती लोकमार्ग अन्तर्गतको चैनपुर–ताक्लाकोट सडकको रुवातोला धुलीखण्ड निर्माणमा खटिएका थिए । क्याम्प आसपासमा बसिरहेको बेला सडक माथिबाट आएको पहिरोले बगाएको उनलाई चैनपुर–ताक्लाकोट सडक कार्यालयका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिएका छन् ।
सोमबार दिउँसो ११ बजेतिर आएको पहिरोले निर्माण कर्मचारीहरू बस्ने क्याम्प पनि बगाएको छ । अरु कर्मचारी क्याम्पमा नभएका कारण थप मानवीय क्षति हुन नपाएको चैनपुर–ताक्लाकोट सडक कार्यालयले जनाएको छ । सब–इञ्जिनियरको मृत्यु भएपछि सडक निर्माणको काम रोकिएको छ ।
यो घटनासँगै वैशाख १९ गते देखि २४ गते सम्म खसेको विभिन्न पहिरोमा परि १० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार