१० श्रावण २०८१, बिहीबार

बस दुर्घटनामा १४ जना घाइते



बैतडी । बैतडीको दशरथचन्द मार्गमा सोमबार बिहान बस दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा बस चालक कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय लोकेन्द्र थापासहित १४ जना घाइते भएका छन् ।
घाईत चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईतेहरूको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भईरहेको छ ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि हिडेको ना ५ ख ४११६ नम्बर को बस दशरथचन्द मार्गको बैतडी पाटन नगरपालिका वडा नम्बर १० अनारखोलीमा दुर्घटना भएको थियो ।
बिग्रेर सडकमा रोकिराखेको बस एक्कासी पछाडी (ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसको हो ।
बसमा ३४ जना सवार रहेका भएपनि अरुको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार