विहे खर्च जोगाएर अनाथ बालबालिकालाई सहयोग



कञ्चनपुर । ७ नम्बर प्रदेश कञ्चनपुरका माओवादी नेता नवराज ऐरले विवाह खर्च कटाएर अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।
माओवादी नेता ऐरले काठमाडौँको मन्डिखारटारको प्रेरणा नेपालमा आश्रित १६ जना अनाथ बालबालिकालाई सहयोग गरेको जनाइएको छ ।
माओवादी कञ्चनपुरका नेता जीवन धामीका अनुसार बिहीबार मात्र वैवाहिक जीवनमा बाँधिएका नेता ऐरले १६ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
समाजिक सेवा गर्ने उदेश्यका साथ खुसियालीमा अनाथ बालबालिकालाई सहयोग गरेको माओवादी नेता ऐर बताए । ‘विवाहमा फजुल खर्च गर्नुभन्दा अनाथ, असाहय, बेसाहरा बालबालिकालाई सहयोग गरेको हुँ,’ उनले भने, ‘मेरो सानो सहयोगबाट उनीहरूको शैक्षिक काममा सहयोग पुग्नेछ ।’ आगामी दिनमा पनि समाजिक सेवा गर्दै अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्