कर्णालीमा हाम फाल्दा एकको मृत्यु, एक बेपत्ता



बाजुरा । आज बिहाना जगन्नाथ गाउँपालिमा–१ कर्णाली नदीमा दुई जना धामी झाक्रीले हाम फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।
स्थानीयलाई बिहाना देउता पतुरेर अलौकिक शक्ति आएको र शक्ति देखाउँछु भन्दै उनीहरू कर्णाली नदीमा हाम फालेका थिए ।
हाम फाल्नेमा जगन्नाथ गाउँपालिका १ बस्ने ६१ वर्षिय मानसिंह बिष्ट र ५३ वर्षिय जयबहादुर बिष्टले हाम फालेका हुन । मानसिंह मृत्यु भईसकेको छ भने, जयबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । जयबहादुरको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्