१० श्रावण २०८१, बिहीबार

चट्याङ लागेर सात जना घाइते



अछाम । अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चटयाङ लागेर सात जना घाइते भएका छन् ।
असिनापानीसँगै चटयाङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएकी थिइन् । प्रहरीका अनुसार छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
यस्तै चौरपार्टी गाउँपालिका–१, सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । किसानले व्यावसायिक रूपमा बाख्रापालन गरेका छन् ।
यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउँदले जानकारी दिइन् । असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार