१० श्रावण २०८१, बिहीबार

भारतीय राजदूतावासको योजना पूरा भएन



बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर २ मा भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन जनप्रकाश उच्च माध्यमिक विद्यालय भवनको निर्माण कार्य अलपत्र परेको छ ।
विद्यालय भवन निर्माणका लागि भएको सम्झौतामा गत भदौ महिनामा काम पूरा गरिसक्नु पर्ने भए पनि सम्झौता मिति सकिएको आठ महिना भइसक्दा पनि अझैं २० प्रतिशत काम मात्र भएको जिल्ला समन्वय समितिका निमित्त कार्यलय प्रमुख जंगबहादुर थापाले बताए । उनले निर्माण कम्पनीलाई बारम्वार काम पूरा गर्न आग्रह गर्दा पनि अटेर गरेको बताए । दुई छात्रावास र एक विद्यालय भवन निर्माणका लागि चार करोड ४४ लाख ७२ हजार रुपैयाँका ठेक्का सम्झौता रहेको छ ।
नगरपालिका प्रमुख पदम गिरीले स्थानीय गणेश गिरीलाई कामको जिम्मेवारी दिइएको बताए । ठेक्का लिएको गाल्वा निर्माण सेवाले काममा अटेर गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार