१० श्रावण २०८१, बिहीबार

विद्यालयलाई कम्प्युटर हस्तान्तरण



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ मा रहेको बेतालखोदै आधारभूत विद्यालयलाई दलित उद्यम विकास समाजले कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको छ । सो विद्यालयमा अधिकांस विद्यार्थी दलित समुदायका रहेका छन् ।
कक्षा तीनसम्म पढाई हुने सो विद्यालयका विद्यार्थी र शिक्षकलाई कम्प्यूटरको ज्ञान हुनुका साथै विद्यालयको अन्य काममा सहज होस् भन्ने उद्देश्यले दशरथचन्द नगरपालिकाको सहयोगमा एक थान कम्प्यूटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रमेश कोलीले बताए ।
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा र उपप्रमुख मीना चन्दले ती सामग्री विद्यालयका प्रधानाध्यापक प्रेमराम महरलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार