१० श्रावण २०८१, बिहीबार

नक्कली हलियाबारे कारण देखाऊ आदेश



बैतडी । नक्कली हलियालाई परिचयपत्र दिएर राज्यकोषको दुरुपयोग गरेको भन्दै दायर रिट निवेदनउपर उच्च अदालत महेन्द्रनगरले मालोपत कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ सलेनाका दीपेन्द्रबहादुर चन्दले नक्कली हलिया परिचयपत्र दिएर राज्यकोषको दुरुपयोग गरेको भन्दै रिट दायर गरेका थिए ।
उच्च अदालतमा दायर रिटमा जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मेलौली नगरपालिका वडा नम्बर २ बस्ने फन्नीराम लोहार र उनकी श्रीमति भागरथीसहितले मिलोमतोमा नक्कली हलिया परिचयपत्र बनाएको आरोप लगाइएको थियो ।
रिटउपर सुनुवाई गर्दै उच्च अदालतका न्यायाधिश डिल्लीराज आचार्यको एकल ईजलासले सोमवार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
अदालतले विपक्षीका नाममा नक्कली हलिया र सुकुम्बासीलाई किन क वर्गको परिचयपत्र र सरकारी रकम दिएको भन्दै १५ दिनभित्र काण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार