मन्त्री मगर बनिन्, तीन विद्यार्थीको अभिभावक



कञ्चनपुर । खानेपानी मन्त्री बीना मगर तीन जना विद्यार्थीको अभिभावक बनेकी छन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत सोमबार कञ्चनपुरमा तीन जना बालबालिकालाई विद्यालय भर्ना गराएर मन्त्री मगरले अभिभावकत्व ग्रहण गरिन् ।
मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका सामुदायिक विद्यालयमा तीन जना बालबालिकालाई स्कूल भर्ना गराएकी थिइन् ।
मन्त्री मगरले बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दीप चौधरीलाई कक्षा सातमा भर्ना गराइन् । त्यस्तै, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई पाँच कक्षामा र बेल्डाँडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई कक्षा एकमा भर्ना गराइन् ।
सो अवसरमा मन्त्री मगरले विद्यालय भर्ना अभियानले गाउँवडासम्म शैक्षिक जागरण ल्याएको चर्चा गरिन् ।

प्रतिक्रिया दिनुहोस्