डोटी जीप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो



डोटी । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेको छ ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौंकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् ।
यसअघि शिखर–३, जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्