पुलबाट खसेर एकको मृत्यु



अछाम । अछामको साँफेबगर नगरपालिका–३ का एक युवाको झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।
चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रूप बोगटी बुधबार राति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेका थिए । घटनास्थलमा प्रहरी पुग्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्