रुस्लान डिपिएल–२ : काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो क्वालिफायर खेल शुरु



धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो क्वालिफायर खेल शुरु भएको छ । हिजो वर्षाका कारण स्थगित भएको खेल अहिले शुरु भएको हो ।
बुधबार साढे १२ बजेका लागि भएको खेल सुरु हुने वित्तिकै वर्षा भएको थियो । पहिले ब्याटिङ गरेको महेन्द्रनगरले दुईओभरमा विना विकेटको क्षतिमा आठ रन बनाएर खेलिरहँदा वर्षा भएको थियो । महेन्द्रनगरका कप्तान विनोद भण्डारी तीन र आसिफ शेख चार रन बनाएर खेलिरहेका थिए ।
यसअघि महेन्द्रनगरले एलिमिनेटरमा सिवाइसी अत्तरियालाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । काठमाडौंले भने पहिलो क्वालिफायरमा टिम चौराहा धनगढीसँग पराजित भएपछि दोस्रो क्वालिफायरमा मौका पाएको हो ।
महेन्द्रनगर र काठमाडौंबीचको विजेताले भोलि (शुक्रबार) धनगढीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्