१० श्रावण २०८१, बिहीबार

स्थानीयले बनाए सिंचाईं कुलो



बझाङ । बझाङको केदारस्यु गाउँपालिकाको रायलका बासिन्दाको पहलमा २०६७ मा गठित कैलाश सामुदायिक संस्थाको अगुवाईमा चौडाला सिंचाईं कुलो निर्माण भएको छ ।
गरिबि निवारण कोषको आर्थिक सहयोग र ग्रामीण वातावरण सुधार समितिको प्राविधिक सहयोगमा सो सिंचाईं कुलो निर्माण भएको जनाइएको छ । सो कुलोको निर्माण कार्य २०६८ सालदेखि शुरु भएको थियो ।
चैडाला सिंचाईं कुलो लम्बाई दुई सय ५० मिटर रहेको छ । चौडाला खोलामा मुहान रहेको सो कुलो १४ लाख ८६ हजार रुपैयाँ र चार लाख रुपैयाँ बराबरको जनश्रमदानमा निर्माण भएको कैलाश सामुदायिक संस्थाकी कोषाध्यक्ष राधिका मल्लले बताइन् ।
उनले पानीको अभावले उब्जनी नहुने, समयमा रोपाई नहुने समस्या अब अन्त्य भएको बताइन् ।
संस्थाकी अध्यक्ष गायत्री मल्लले सिंचाईं कुलो निर्माणपछि अहिले स्थानीयले टनेल घर निर्माण गरेर तरकारी खेती गरिरहेका बताइन् । उनले गाउँका प्राय: महिला अहिले तरकारी खेती, फलफूल खेती तथा बगर खेतीमा जुटेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार