चट्याङबाट एकको मृत्यु



अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर एक शिशुको मृत्यु भएको । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
रमेश कामीको गगुडास्थित घरमा परेको चट्याङ लागेर १० महिने आयुश कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा १६ वर्षीया सीता कामी घाइते भएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
चट्याङ लागेर रमेशका गोठमा रहेका पाँच बाख्रा र एक गोरु मरेका छन् । घाइते सीताको बयालपाटा अस्पतालमा अपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्