३० भाद्र २०८१, आईतवार

बैतडी पूर्ण साक्षर जिल्ला घोषणा हुँदै



बैतडी । बैतडीलाई आगामी वैशाख दोस्रो साता पूर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला अनौपचारिक शिक्षा समितिको बैठकले जिल्लालाई ११ गते पूर्ण साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको निमित्त जिल्ला शिक्षा अधिकारी शंकरदत्त भट्टले जानकारी दिए ।
अनौपचारिक शिक्षा केन्द्रले गरेको छलफलमा समेत यो विषयमा विचारविमर्श भएको उनले बताए । बैतडीमा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकमध्ये ९६.३५ प्रतिशत साक्षर रहेकाले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको हो ।
जिल्लालाई साक्षर घोषणा गर्नका लागि १५ देखि ६० वर्ष उमेरका समूहका नागरिकमध्ये ९५ प्रतिशत साक्षर हुनुपर्ने प्रावधान छ । त्यो प्रावधान बैतडीले पार गरेकाले पूर्ण साक्षर जिल्ला घोषणाको तयारी भएको हो ।
अनौपचारिक शिक्षा समितिले जिल्लालाई आगामी वैशाख ११ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेपछि यसको तयारी समेत थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार